
काठमाडौं, ३० कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय कमिटी सदस्य तथा विदेश विभागका उपप्रमुख विष्णु रिजालले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पदलोलुप भन्न नमिल्ने बताउनुभएको छ । नेकपामा पूर्वएमाले र पूर्वमाओवादीका नेताहरुबीच एक अर्कामा आरोप प्रत्यारोप गरिहेका बेला पूर्व एमाले पष्ष्ठभूमिका नेता रिजालले प्रचण्डलाई पदलोलुप भन्न नमिल्ने बताउनुभएको हो ।
उहाँले फेशबुकमा स्टाटस लेख्दै भन्नुभएको छ- ‘अरु तर्क गर्न सकिएला, प्रचण्डलाई पदलोलुपु भनेको सुहाउँदैन । कांग्रेसले प्रधानमन्त्रीको प्रस्ताव गर्दा स्वीकार नगरेर पार्टी एकता अघि बढाउने र आधा कार्यकालको लिखित सहमतिलाई बीचैमा छाडिदिने व्यक्तिलाई पदलोलुप कसरी भन्न मिल्ला र ?’ त्यस्तै नेता रिजाले प्रचण्डले साथ नदिएको भए हालकाे कार्यकालमा विद्या भण्डारी राष्ट्रपति बन्न नसक्ने र केपी ओली पनि प्रधानमन्त्री हुन सक्ने स्थिती नभएको बताउनु भएको छ । उहाँहरु उच्च पदमा नरहँदा अहिलेका नेताहरुले रोजी–खोजी विभिन्न पद पाउने सम्भावना हुनै नसक्ने बताउनुभएको छ । त्यसैले जसको सहयोगमा आफू पदमा बसिरहेको छ उसैलाई पदलोलुपको आरोप लगाउँदा लोकले पत्याउला नपत्याउने उहाँको तर्क छ ।
अरु तर्क गर्न सकिएला, प्रचण्डलाई 'पदलोलुप' भनेको सुहाउँदैन । कांग्रेसले प्रधानमन्त्रीको प्रस्ताव गर्दा स्वीकार नगरेर…
Posted by Bishnu Rijal on Saturday, November 14, 2020