प्रचण्डको प्रस्ताव बैठकमा छलफल गर्न लायकसमेत छैन : इश्वर पोखरेल



काठमाडौं । उपप्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य इश्वर पोखरेलले पार्टी एकतालाई बचाउनका लागि स्थायी कमिटीको निर्णयबिपरित ल्याइएको अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डको प्रस्ताव फिर्ता लिनुपर्ने आफ्नो बटमलाइन सुनाउनु भएको छ । नेता पोखरेलले सामाजिक सञ्जालमार्फत आज यस्तो निश्कर्ष सुनाउनु भएको हो । अध्यक्ष प्रचण्डले शुक्रवारको सचिवालय बैठकमा गत भदौ २६ गते सम्पन्न स्थायी कमिटी बैठकको निर्णयको ठाडै अबज्ञा गर्दै आफ्ना एकल ‘प्रस्ताव’ राख्नुभएको थियो । सो प्रस्ताव आपत्तिजनक रहेको भन्दै बैठकमा छलफल गर्न लायक नै नरहेको नेता पोखरेलको निश्कर्ष छ ।

यस्तो छ नेता पोखरेलको बिचार
प्रचण्डले पार्टीका प्रथम अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली विरूद्ध अत्यन्त संगीन आरोपहरू लगाउनु भएको छ । ‘प्रस्ताव’ का रूपमा प्रस्तुत यी संगीन आरोपहरू २०७७ साल भदौ २६ गते सम्पन्न स्थायी कमिटीको सर्वसम्मत निर्णयविरूद्ध र पार्टी एकताको भावनाविरूद्ध छन । सहमतीका साथ अघि बढ्नुपर्ने पार्टी एकता गर्दा स्वीकार गरिएका आधार र मान्यता विपरित ‘कि तँ छैनस कि म छैन’ भन्ने अत्यन्त असन्तुलित र दुराग्रहपूर्ण ढंगले अघि सारिएका छन ती ‘प्रस्तावहरू ’! दुराग्रहका साथ प्रस्तुत ती ‘प्रस्तावहरू’ फिर्ता लिएर एकता प्रकृयालाई निष्कर्शमा पुर्याउन अघि बढ्ने कि दुर्भाग्य निम्त्याउने ? प्रचण्ड कमरेडले मात्र होइन, नेकपा भित्रका सबैले यसको छिनोफानो गर्नैपर्छ !!

पार्टी एकतालाई बचाउने हो भने
———————————
प्रचण्डले पार्टीका प्रथम अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली विरूद्ध…

Posted by Ishwar Pokhrel on Saturday, November 14, 2020

प्रकाशित मिति : २०७७ कार्तिक २९ गते शनिवार