
साताको कारोबारको अन्तिम दिन सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा ९५ हजार २०० रुपैयाँमा कारोबार भएको छ । यसअघि बिहीबार सुनको मूल्य ९४ हजार ७०० रुपैयाँ कायम रहेको थियो । यस्तै तेजावी सुन शुक्रबार तोलामा ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । महासंघले विगत ३ दिनयता चाँदीको मूल्य भने स्थिर रहेको जनाएको छ । शुक्रबार चाँदी तोलामा १२२० रुपैयाँमा कारोबार भएको छ ।
प्रकाशित मिति : २०७७ कार्तिक २८ गते शुक्रवार