‘सोख शान सबै राजारानीको जस्तो चाहिने नाम चाहीँ किन ‘कम्युनिष्ट’ राख्नुपर्ने ?’



काठमाडौं, २८ कात्तिक । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले नेपाले बालुवाटारमा हेलिकप्टर पार्क बनाउनेबारे व्यंग्य प्रहार गर्नुभएको छ ।भट्टराईले आफ्नो ट्वीटरमा आज विहीबार सोख शान सबै राजा र रानीको जस्तो चाहिने नाम चाहीँ किन ‘कम्युनिष्ट’ राख्नुपर्ने भनेर प्रश्न गर्नुभएको छ। उहाँले अगाडि थप्नुभएको छ, जुन गोरूको सिङ छैन उसैको नाम तिखे । ट्वीटरमा लेख्नुभएको छ, शोख शान सबै राजाररानीको जस्तो चाहिने नाउँ चाहीँ किन ‘कम्युनिष्ट’ राख्नुपर्ने रहेछ हँ ? जुन गोरूको सिङ छैन उसको नाउ तिखे?

प्रकाशित मिति : २०७७ कार्तिक २८ गते शुक्रवार