राजसंस्था पुर्नस्थापनाको माग गर्दै विराटनगरमा प्रदर्शन !



विराटनगर, २७ कात्तिक । राजसंस्था पक्षधरले प्रदेश एकको राजधानी विराटनगरमा प्रर्दशन गरेका छन । राजसंस्था पुर्नस्थापनाको माग गर्दै आएका विभिन्न संघसंस्था तथा पार्टीहरुले एकीकृत भएर विराटनगरमा प्रदर्शन गरेका हुन । प्रर्दशनको क्रममा मोटरसाईकल ¥याली निकालिएको छ । कञ्चनवाडीबाट निकालिएको ¥यालीले नगरक्षेत्रको विभिन्न भागको परिक्रमा गरेको छ ।

¥यालीका सहभागीले कञ्चनवाडीबाट ठूलो मिलचोक, पानीटंकी,तीनपैनीबाट मेनरोड हुँदै महेन्द्रचोक,धरानरोड लगायतका विभिन्न क्षेत्रको परिक्रमा गरेका थिए । प्रर्दशनमा उत्रेका सहभागीले राजा आउ देश बचाउ ,२ हजार ७२ को संविधान खारिज गर,२ हजार ४७ को संविधान लागू गर र गणतन्त्र धोका हो, लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए । नेपाल बिद्धत परिषदका केन्द्रीय उपाध्यक्ष बल्लभप्रसाद दाहालले मुलुकमा राजसंस्था पुर्नस्थापना नभएसम्म स्थिरता र मुलुकको प्रतिष्ठा कायम हुननसक्ने दाबी गर्नुभयो ।

आफूहरुले विगत १५ बर्षदेखि निरन्तर राजसंस्था पुर्नस्थापनाको माग गर्दै आएको र त्यही बिषयलाई निरन्तरताको क्रममा मोटरसाईल -याली आयोजना गरिएको उहाँले बताउनुभयो । नगर परिक्रमापछि नगरक्षेत्रको बरगाछीचोकमा कोणसभा समेत आयोजना गरिएको थियो । जसमा राजसंस्था पक्षधर नेताहरुले पछिल्लो अवस्थाका कारण राजसंस्थाको स्थापना अपरिहार्य भएको बताएका थिए ।

प्रकाशित मिति : २०७७ कार्तिक २७ गते बिहिवार