पहिलो मुस्लिम महिला पाइलट भन्‍छिन् – युवाहरुको उद्देश्य उडि चन्द्र छुने हुनुपर्छ !



काठमाडौं । कमर्सियल पाइलट लाइसेन्स (सीपीएल) प्राप्त गरेकी काश्मीरको पहिलो मुस्लिम महिला पाइलट क्याप्टेन सामी आराले काश्‍मीरी युवाहरुको लक्ष्‍य उडेर चन्द्र छुने हुनेपर्ने बताएकी छन् । उनले ठूलो उद्देश्य राखेमा मात्रै सफलता हात पार्न सकिने र त्यही अनुसारको संघर्षका प्रेरणा मिल्ने बताएकी छन् । दुई दिने करिअर काउन्सिलिङ कन्केलेभको समापन कार्यक्रममा बोल्दै उनले भनिन्, “सहरबाट निकै टाढा रहेको सुम्बाल गाउँमा जन्मिएर मैले जहाज उडाउन सक्छु भने यस्तो सुविधा सम्पन्‍न ठाउँमा रहनुभएका तपाईंहरुले जुनसुकै काम पनि गर्न सक्नुहुन्छ । तर, त्यसका लागि जीवनको लक्ष्य तय गर्नु आवश्यक छ ।

समी सुरी भनेर चिनिने आराले भनिन्, “सरकारी विद्यालयमा पढ्ने विद्यार्थी निजी विद्यालयमा पढ्नेहरू जत्तिकै सक्षम छन् तर उनीहरूले उच्च लक्ष्य बनाउनुपर्दछ र उनीहरूले आफ्नो सपना साकार नभएसम्म दृढ रहनुपर्छ ।” आमाबाबुलाई आफ्ना बच्चाहरूमा भरोसा राख्‍न आग्रह गर्दै उनले थपिन्, “अभिभावकले आफ्ना बच्चाहरूलाई प्रतिबन्ध लगाउनु हुँदैन र उनीहरूको सपना साकार गर्नबाट रोक्नु हुँदैन नत्र तिनीहरूको विश्वास भंग हुनेछ ।” आफ्नै संघर्षको बारेमा बोल्दै उनले भनिन्, “मेरो बाल्यकालदेखि, म केही भिन्‍नै गर्न चाहन्थें, केही राम्रो र केहि ठूलो । म आईएस अथवा आईपीएस क्वालिफाइ गर्न चाहान्थे तर संयोगले पाइलट बन्‍न पुगे । ”उनले श्रीनगर एयरपोर्टमा हवाई टिकट जारी गरेर आफ्नो करिअर सुरु गरिन् ।

सन् १९९९ मा दक्षिणी अमेरिकाको टेक्सास राज्यमा तीन महिना प्रशिक्षणपछि आराले उनको सीपीएल प्राप्त गरिन् र अन्ततः २००४ मा सह पाइलटको रूपमा उडान सुरु गरिन् । उनको गृहनगरप्रतिको प्रेम व्यक्त गर्दै उनले भनिन्, “म बान्दिपोरालाई माया गर्छु, म यहाँ फर्किरहेछु र भविष्यमा अझ धेरै विद्यार्थीहरूलाई कुरा गर्न र प्रेरणा दिन मैले यस ठाउँबाट बाहिर देखिने गरी प्रतिनिधित्व नभएसम्म जारी राख्‍नेछु ।”

प्रकाशित मिति : २०७७ कार्तिक २७ गते बिहिवार