जुमाने सहर पसेको करिब 30 बर्ष भयो उतै बिहे गर्यो,घरजम गर्यो,मानौं सहरिया भयो। एक छोरा अनि एक छोरी को बाउपनी।छोरा छोरीलाई महँगा स्कुल ,कलेजमा पढायाे,रहनसहन चालचलन शहर कै सिकायो । गाउँका इस्टमित्र र आफन्त सबै बिर्सियो , छोराछोरीले आफ्ना नाता गोता चिन्ने कुरै भएन । छोराको कलेजमा एक केटिसङ्ग माया बस्यो । करिब ५/७ वर्ष प्रेम सम्बन्ध चलेकोथियो ।
एकअर्कालाई छोडनै नसक्ने भए,,अब बिहे गर्ने कुरा चल्यो ,केटिले घरको सहमति लिएर बिहे गर्ने कुरा गरिन,केटा राजि भयो । दुबैको उमेर परिपक्क भैसकेकोले एकपक्छियरुप मा परिवर राजि भयो । परिवारलाइ भेट गराउने दिन मिलाइएको थियोे । रेस्टुरेन्टमा भेला भएर कुरा गर्न सबै राजि भए । शनिबारको दिन १२ बजे भेटघाट भयो । भेटमा दुबै पक्षका मान्छे भेला भए । केटाका बाउले आफ्नै फुपुकी छोरिलाइ देक्छ्न,बैनी तिमि यहाँ ,हो दाजु म यहीँ ,यिनिको त तपाईंकी भान्जी !बैनी भन्छिन उ कोत यो मेरो छोरा ।केही बेरको छ्लफलपछि बिहे नहुने कुरा पक्का भयो । भोलिपल्ट आखवारमा समाचार छपियो । एउटै डोरी मा पासो लगाइ प्रेमी प्रेमिकाको निधन ।