अर्थमन्त्रीको अर्को राम्रो कदम : अब सरकारी कार्यालयले नयाँ गाडी किन्न नपाउने !



काठमाडौ । अर्थ मन्त्रीका रुपमा विष्णु पौडेल आएपछि केही जनपक्षिय निर्णय हुन थालेका छन् । केही दिन अघि पुस्तकमा लगाएको कर छुट गरेका अर्थमन्त्री पौडेलले अब मितब्ययीताका लागि मन्त्रालयकालागि नयाँ सवारीसाधनमा खरिदमा रोक लगाएको छन् । अर्थमन्त्री पौडेलले आर्थिक मितव्ययितासम्बन्धी मापदण्ड जारी गर्दै यस्तो नीति लागू गरेका हुन् ।

सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्नेसम्बन्धी मापदण्ड २०७७ मा सार्वजनिक खर्च दुरुपयोग भएको भन्दै सवारीसाधनमा खरिद तथा प्रयोगमा नयाँ व्यवस्था गरेको छ। जसमा अब सवारी साधन गरिद गर्न नपाईने उल्लेख छ । अत्यावश्यक खरिद गर्नुपरेमा पनि अर्थ मन्त्रालयको सहमति लिए पछि मात्र खरिद गर्नु पर्नेछ । राम्रै अवस्थाका गाडी थन्क्याएर नयाँ गाडी किन्ने प्रचलन बढ्दै गएपछि अर्थमन्त्रालयले त्यसमा लागि अनावश्यक खर्च घटाउन यस्तो निर्णय गरेको हो ।

हरेक वर्ष सरकारले नयाँ गाडी खरिद तथा इन्धन खर्चमा अर्बौँ रुपैयाँ खर्च गर्दै आएको छ। अनावश्यक मानिसहरुले पनि पहुँचकै आधारमा सरकारी सम्पत्ती दुरुपयोग गर्दै आएका छन् । सिंहदरबारलगायतका ठाउँमा सामान्य मर्मत नगरी राखिएका गाडीको डम्पिङ साइट बनेको छ।

प्रकाशित मिति : २०७७ कार्तिक २७ गते बिहिवार