कलंकीमा डरलाग्दो दुर्घ*टना, ब्रेकफेल भएको ट्रकले दर्जन सवारीलाई ठक्कर दियो



काठमाडौं । काठमाडौंको कलंकीमा सोमबार साँझ ठूलो दु*र्घटना भएको छ । ब्रेक फेल भएको एउटा ट्रकले १२ वटा सवारी साधनलाई ठक्कर दिएको छ । सोमबार साँझ थानकोटबाट कलंकीतर्फ आउँदै गरेको ना ६ ख २८७१ नम्बरको ट्रकको ढुंगाअड्डाको ओह्रालोमा ब्रेकफेल भएको थियो । त्यसपछि अनियन्त्रित बनेको ट्रकले ट्याक्सी, कार, जिप, मोटरसाइकलसहित एक दर्जन सवारी साधनलाई ठक्कर दिएको कालिमाटी वृत्तका डीएसपी रुगम कुँवरले जानकारी दिए ।

दुर्घटनामा चितवनका ३३ वर्षका सम्शेर गरुङको मृ*त्यु भएको छ । ट्रक र स्कर्पिओले चेपिएर उनको मृ*त्यु भएको बताइएको छ । ८ जना घाइते भएका छन् । उनीहरु मध्ये ७ जनाको शहीद मेमोरियल र एक जनाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । ट्रक चालक सर्लाही बरहथवाका वीरेन्द्रकुमार शाहलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७६ फाल्गुन १२ गते सोमवार