
काठमाडौं । उग्र गणतन्त्र तथा संघीयतावादीका रुपमा चिनिएका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र राजसंस्था पक्षधर कमल थापाबीच सामाजिक सञ्जालमा संघीयता र गणतन्त्रको विषयलाई लिएर सामाजिक सञ्जालमा भनाभन चलेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष थापा र जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुरामबीच संघीयता र गणतन्त्रका विषयलाई लिएर आरोप–प्रत्यारोप चलेको हो । एक दैनिक पत्रिकामा कमल थापाको ‘अब घडीको सुई पछाडि फर्काउन सकिन्न’ शीर्षकमा लेखेमाथि टिप्पणी गर्दै बाबुरामले ग्वेबल्स शैलीमा दुष्प्रचार गरेको आरोप लगाएपछि थापाले त्यसको प्रतिवाद गरेका छन् ।
मेरा सहपाठी मित्र@KTnepal ले ग्वेबल्सको दुष्प्रचार-सूत्र ’झुटोलाई सय चोटि दोहोर्याए पछि सत्य बन्छ’ को अनुशरण गर्दै पुन: गणतन्त्र,संघीयता,धर्मनिरपेक्षतालाई विदेशी षड्यन्त्र भनेछन्! क्रान्तिका अगुवा प्रचण्ड-बाबुरामहरू जिउॅदो छॅदै यस्तो झुट बोल्नु ‘देख्नेको अगाडि सुन्नेको सही’भएन र? https://t.co/mhIb1lodi4
— Baburam Bhattarai (@brb1954) November 11, 2020
फेरी हसाउनु भयो सहपाठी मित्र @brb1954 ले।कति हास्नु हौ!
क्रान्तिको’भारी’ नेपालमा तपाईहरूले बोकेर ल्याएको हो।त्यसमा कुनै विरोध छैन।तर,त्यो भारीको मालिक तपाईहरू होईन,शुरूमा हो कि भनेर सबैले पत्याएका पनि थिए।तर,जव सक्क्ली मालिकले भारिको दावि गरेपछि
त्यसमा तपाईले बालहठ नदेखाएकै बेश https://t.co/A7IjH7MbfS— Kamal Thapa (@KTnepal) November 11, 2020
बाबुरामले लेखेका छन्, ‘मेरा सहपाठी मित्र कमल थापाले ग्वेबल्सको दुष्प्रचार–सूत्र ’झुटोलाई सय चोटि दोहोर्याए पछि सत्य बन्छ’को अनुशरण गर्दै पुनः गणतन्त्र, संघीयता, धर्मनिरपेक्षतालाई विदेशी षड्यन्त्र भनेछन् ! क्रान्तिका अगुवा प्रचण्ड–बाबुरामहरू जिउॅादो छॅदै यस्तो झुट बोल्नु ‘देख्नेको अगाडि सुन्नेको सही’ भएन र ?” बाबुरामले यस्तो टिप्पणी गरेपछि थापाको प्रतिक्रिया छ, ‘फेरी हसाउनु भयो सहपाठी मित्र बाबुरामले । कति हास्नु हौ ! क्रान्तिको’भारी’ नेपालमा तपाईहरूले बोकेर ल्याएको हो । त्यसमा कुनै विरोध छैन । तर, त्यो भारीको मालिक तपाईहरू होईन, शुरूमा हो कि भनेर सबैले पत्याएका पनि थिए । तर, जब सक्क्ली मालिकले भारिको दाबी गरेपछि त्यसमा तपाईले बालहठ नदेखाएकै बेश ।’