डा. प्रकास चन्द र दुर्गा प्रसाईंबीच फोनमै चर्काचर्की, अडियो भयो भाईरल !



काठमाडौं । चिकित्सा शिक्षा संघर्ष समितिका संयोजक डा. प्रकाश चन्द र झापामा रहेको बी एन्ड सी मेडिकल कलेजका संचालक दुर्गा प्रसाईंबीच भएको फोन वार्ताको अडियो रेकर्ड यति बेला सामाजिक संजाल फेसबुकमा निकै भाईरल भईरहेको छ। १५ मिनेट ३१ सेकेन्डको उक्त फोन अडियोमा सुरुमा प्रसाईको कुरा सुनेका डा. चन्द प्रसाईंले जथाभावी गालिगलौज गरेपछी विस्तारै आवेशमा आएर कुरा गर्छन्। तर प्रसाईंले जस्तो नानाथरि गालिगलौज भने उनले गरेका छैनन्। तेरो बाबु विप्लपको फुर्ति नलगा भाई, तेरो बाउलाई त मैले थुप्रै पटक लाखौ चन्दा दिएको छु समेत फोनमा प्रसाईंले भनेका छन्।

उनले उक्त फोन अडियो रेकर्डमा अनेकौं गालिगलौज गरेको र धम्किपुर्ण भाषा बोलेको सुन्न सकिन्छ। अडियोमा प्रसाईंले मलाई किन मेडिकल माफिया भनियो भन्ने विषयमै चर्काचर्की भएको छ। तर यतिबेला सबैले दुर्गा प्रसाईंको विरोध गर्दै सामाजिक संजालभरि फोन अडियो सेर गरिरहेका छन्। केही समय अगाडि प्रधानमन्त्री के पी शर्मा ओलि र अध्यक्ष प्रचण्डलाई मार्सी चामलको भात खुवाएर चर्चामा आएका व्यावसायी दुर्गा प्रसाईंलाई खुल्लेआम मेडिकल तथा स्वास्थ क्षेत्रमा माफियागिरी गरेको भन्ने आरोप लाग्ने गरेको छ।

प्रकाशित मिति : २०७७ कार्तिक २६ गते बुधवार