देशलाई संघीयता खाँचो नै थिएन, द्वन्द्व व्यवस्थापनको लागि मान्दिनु परेको हो : बाँस्कोटा



काठमाडौँ । पूर्वमन्त्री गोकुल बाँस्कोटाले देशलाई सङ्घीयता आवश्यक नै नभएको बताएका छन् । उनले केवल द्वन्द्व व्यवस्थापनका लागि सङ्घीयता मान्नु परेको जिकिर गरेका छन् । सरकारले मन्त्रिपरिषद्बाट देशको नाम ‘सङ्घीय लोकतान्तिक गणतन्त्र नेपाल’ नलेख्ने निर्णय गरेपछि यतिबेला उक्त निर्णयको विरोध भइरहेको छ । सोही पृष्ठिभूमिमा उनले सो कुरा बताएका हुन् । गत कार्तिक ११ असोजको मन्त्रिपरिषद् बैठकबाट ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्ने निर्णय भएको थियो । सोही निर्णयअनुसार कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्न मातहत निकायमा परिपत्र जारी गरेको थियो । सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘सङ्घीय गणतन्त्र राजनीतिक व्यवस्था अनि नेपाल देशको नाम।यस्मा चै के प्रतिगमन भएछ हँ ? प्रदेशहरु खारेज भएको त छैन। द्वन्द्व व्यवस्थापनको लागि मान्दिनु परेको न हो देशलाई खाँचो त थिएन सङ्घीयता। लफडा झिक्न परेपछि हावामै शत्रु ढाल्न तलवार घुमाउने भएछन। कमरेडका दुःख पनि कहिल्यै नसकिने के !

कानुन मन्त्रालयबाट गत असोज २८ मा जारी परिपत्रअनुसार ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल’को स्थानमा ‘नेपाल’ मात्र लेख्न भनिएको छ । यस्तै अङ्ग्रेजीमा ‘फेडेरल डेमोक्रेटिक रिपब्लिक अफ नेपाल’ लेख्ने गरेकोमा ‘एनईपीएएल’ मात्र लेख्ने क्याबिनेटबाट निर्णय भएको परिपत्रमा उल्लेख छ । साथै ‘विभिन्न कूटनीतिक नियोगबाट हुने पत्राचार र कतिपय सरकारी लिखतहरूमा समेत नेपालको औपचारिक नाम नेपालीमा ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ र अंग्रेजीमा ‘Federal Democratic Republic of Nepal’ लेख्ने गरिएकोमा अब उप्रान्त नेपालको औपचारिक नाम नेपालीमा ‘नेपाल’ र अङ्ग्रेजीमा ‘Nepal’ लेख्न निर्देशन दिइएको छ ।

सङ्घीय गणतन्त्र राजनीतिक ब्यवस्था अनि नेपाल देशकाे नाम।यस्मा चै के प्रतिगमन भएछ हँ?प्रदेशहरु खारेज भएकाे त छैन।द्वन्द…

Posted by Gokul Baskota on Friday, November 6, 2020

प्रकाशित मिति : २०७७ कार्तिक २१ गते शुक्रवार