
भालुबाङ । पूर्वसभामुख कृष्णबहादुर महरालाई दाङमा नेकपा कार्यकर्ताले भव्य स्वागत गरेका छन् । दाङको क्षेत्र नम्बर दुईबाट प्रतिनिधिसभा सदस्य निर्वाचित महरा बलात्कार प्रयासको आरोपमा सफाइ पाएपछि पहिलो पटक आफ्नो निर्वाचन क्षेत्र पुगेका हुन् । भालुबाङमा महरालाई नेकपाका स्थानीय नेता कार्यकर्ता र स्थानीय बासिन्दाले भव्य स्वागत गरेका छन् । उनले स्थानीयलाई सम्बोधन गर्दै आफूलाई फसाउन विभिन्न प्रकारका खेल भए पनि अदालतले न्याय दिएको बताए ।
महराले स्थानीयलाई सम्बोधन गर्दै भने, मलाई अदालतले न्याय दिएको छ । अब जीवनभर मैले दङ्गाली जनताको हितका लागि खटिएर काम गर्छु । जिल्ला अदालत काठमाडौंले बलात्कार प्रयासको अभियोगमा सफाइ दिएपछि उनी कारागारबाट मुक्त भएका थिए ।
प्रकाशित मिति : २०७६ फाल्गुन १२ गते सोमवार