काठमाडौं, १५ कात्तिक । ग्राण्डी अस्पतालमा उपचाररत कोरोना संक्रमित काँगेस नेता एवं पूर्वमन्त्री मीन विश्वकर्मालाई भेन्टिलेटरमा सारिएको छ । नेता विश्वकर्माको स्वास्थ्य स्थिति जटिल बन्दै गएपछि शनिबार (आज) आईसीयूबाट भेन्टिलेटरमा सारिएको अस्पतालले जनाएको हो । नेता विश्वकर्मालाई यही कात्तिक १ गते कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि भएसँगै उनी ८ दिन होम आइसोलेशनमा बसेका थिए । तर, उनको स्वास्थ्यमा थप समस्या बढ्दै गएपछि वीर अस्पतालमा भर्ना गरिएको थियो । वीर अस्पतालमा उपचार गराउदासमेत उनको स्वास्थ्यमा सुधार नभएपछि ग्राण्डी अस्पतालको आईसीयूमा राखिएको थियो ।
प्रकाशित मिति : २०७७ कार्तिक १५ गते शनिवार