राजा महेन्द्रको स्याबासी पाएका सुवेदी भन्छन् – नेपालले संघीयता धान्न सक्दैनँ, गणतन्त्र र धर्मनिरपेक्षता बाहिरी एजेन्डा !



झण्डै चार दशकको सत्ता र शक्ति सँगको सामिप्य र शक्तिशाली राजतन्त्र अन्तर्गतका दुई राजा महेन्द्र र वीरेन्द्रसँगको सहकार्य। २०४६ सालमा बहुदलीय प्रजातन्त्रको आगमनसँगै उनको सत्तासँगको सम्बन्ध सेतु टुट्यो। तर, मुलुकको वर्तमान अवस्था र भविष्यप्रति उनको चिन्ता छ । मुलुक राजा पृथ्वीनारायण शाहले सोचेको र महेन्द्रले चाहेको जस्तो रहला? सबै जातको फूलबारी र एउटा स्वतन्त्र, सम्पन्न, कसैबाट नहेपिएको अनि अटल नेपाल चाहन्थे उनीहरु । नवराज सुवेदी अहिले ८३ वर्षका भए। महेन्द्रका प्रशंसक र उनको स्टेट्सम्यानसीपका पुजारी। उनी भन्छन्- नेपालले संघीयता धान्न सक्दैनँ। गणतन्त्र र धर्मनिरपेक्षता बाहिरी एजेन्डा हुन्।

प्रकाशित मिति : २०७७ कार्तिक १५ गते शनिवार