शिक्षक लाइसेन्स परिक्षाकाे नतिजा आजै आउला त !



काठमाडौं | शिक्षक सेवा आयाेगले गत असाेज महिनामा सञ्चालन गरेको शिक्षक लाइसेन्स परिक्षाकाे नतिजा यहि साता सार्वजनिक गर्ने तयारी गरेको छ । फागुन पहिलो सातामै माध्यमिक तहकाे नतिजा सार्वजनिक गर्ने गरि काम गरिए पनि प्राविधिक कठिनाइले केही ढिलो हुनपुगेको हाे । शिक्षक सेवा आयाेगका प्रशासकीय प्रमुख बैकुण्ठ अर्यालल् केहि दिनभित्रै नतिजा सार्वजनिक गरिने जानकारी दिनुभयो । आयाेगले तिनै तहको उत्तरपुस्तिका परिक्षणकाे काम सकिसकेकाे छ । आयाेगले मावि , निमावि र प्रावि तहको नतिजा क्रमशः प्रकाशित गर्ने तयारी गरेको छ । गत असाेज ११,१२ र १३ गते आयाेगले लाइसेन्स परीक्षा लिएको थियो । लाइसेन्स परिक्षाकाे नतिजा सार्वजनिक भए सँगै शिक्षक सेवा आयाेग खुलाउने गरि आयाेगले तयारी गरिरहेकाे छ । रिक्त दरबन्दी परिपूर्तिका लागि आयाेगले पाठ्यक्रम समेत सार्वजनिक गरिसकेको छ ।

प्रकाशित मिति : २०७६ फाल्गुन १२ गते सोमवार