बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना सङ्क्रमण



मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल कोरोना भाइरस (कोभिड–१९) बाट सङ्क्रमित भएका छन्। मुख्यमन्त्री पौडेलका प्रेस संयोजक प्रकाश दाहालले उक्त जानकारी दिएका हुन्। मुख्यमन्त्रीसँगै उनकी धर्मपत्नी, एक जना सुरक्षाकर्मी, दुई जना चालक र एक जना कार्यालय सहयोगीमा आज कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको ढकालले जानकारी दिएका छन्। ढकालका अनुसार केही समय अगाडिबाट सामान्य रुघाखोकी देखिएपछि मुख्यमन्त्री पौडेल सुरक्षा विधि अपनाएर होम आइसोलेसनमा बसेका छन्।

प्रकाशित मिति : २०७७ कार्तिक ६ गते बिहिवार