जिब्रो एउटा त्यस्तो छुरी हो जसले खुन ननिकाली काट्न सक्छ ।



जीवन बदल्ने १० प्रेरणादायी भनाइ यस्ता छन्
१) एउटा झुटो कुरा लुकाउन कैयौँ पटक झुट बोल्नुपर्छ ।
२) सत्य सुन्दर हो र सुन्दर नै सत्य हो ।
३) यदि सपना पूरा भैरहेको छैन भने बाटो बदल्नुस, सिद्धान्त होइन, किनकि रुखले हमेशा पात बदल्ने गर्छ जरा होइन
४) असफलता झेल्ने आँट नभएका सफलताका हकदार हुनै सक्दैनन् ।
५) सम्पत्ति नभएर गरीब भइँदैन, भएको सम्पत्ति नचिनेर गरीब भइन्छ

६) सम्पत्ति नभएर गरीब भइँदैन, भएको सम्पत्ति नचिनेर गरिब भइन्छ ।
७) केही झारपात जस्ता मान्छे जीवनबाट उखेलेर फाल्दिनुस् । तबमात्र तपाईंको साथी सर्कलले भरिएको बगैंचा सुन्दर देखिन्छ ।
८) हामी कसैले पनि भूतकाल बदल्न सक्दैनौ, तर हामी सबैले आफ्नो भविष्य बदल्न सक्छौ ।
९) उज्यालोमा त सबैले साथ दिन खोज्छन्, तर असल साथी त्यो हो जसले अध्यारोमा पनि साथ दिन्छ
१०) कसैले आफ्नो आलोचना गर्छ भने त्यसमा पटक्कै ध्यान दिनुहुँदैन । बरु त्यो व्यक्तिका बारेमा सोच्नुपर्छ जसले आफूप्रति विश्वास गर्छ ।

भगवान् गौतम बुद्ध बौद्ध धर्मका प्रणेता हुन् । अधिकांश बौद्ध परम्पराले उनीलाई हाम्रो कल्पका एक सम्यक सम्बुद्धको रूपमा मान्दछन् । बुद्ध भन्नाले बोधिप्राप्त वा अन्तिम सत्यको साक्षात्कार गरेको महामानव बुझिन्छ । उनको नाम सिद्धार्थ गौतम थियो । उनले मानव जीवनलाई अर्थपूर्ण र उपयोगी बनाउने विभिन्न उपदेश दिएका छन् । यी हुन् उनका उपयोगी २० भनाहरु

– हजार खोक्रा शब्दहरूभन्दा शान्ति दिने एक शब्दनै उत्तम हुन्छ ।
– शान्ति आफै भित्र हुन्छ, यसलाई बाहिर नखोज ।
– आफ्नै तर्क र विवेकले स्विकार नगरेसम्म पढेको वा सुनेको कुरामा विश्वस नगर ।
– यदी आफैलाई सच्चा प्रेम गर्दछौ भने तिमीले अरूलाई पीडा दिन सक्दैनौ ।
– त्यही व्यक्ति धार्मिक हो जसले अर्काको निम्ती त्याग गर्न सक्छ ।

– वितेको समय र आउने समयको चिन्ता नगर, वर्तमान क्षणमाथि नै मनलाई एकाग्र गर ।
– लगनबाट ज्ञान प्राप्त हुन्छ, लगनको अभावमा ज्ञान हराउँछ ।
– यदी विद्यार्थी तयार छ भने शिक्षक स्वतं उपस्थित हुन्छ ।
– हामी आफ्नो रिसका लागि होइन रिसद्वार दण्डित हुन्छौ ।
– हजारौ युद्धहरू जित्नुभन्दा महत्वपूर्ण कुरा हो, आफैलाई चिन्नु । यही नै तिम्रो विजय हो । यसलाई तिमीबाट खोस्न सकिदैन न त परीद्वारा न त प्रेतद्वारा ।

– हामी जे सोच्दछौ उँही बन्दछौ ।
– उद्यमीका लागि प्रत्येक दिन भाग्योदय हुन्छ ।
– हाम्रो मस्तिष्कनै सबैथोक हो । हामी जे सोच्दछौ त्यही बन्दछौ ।
– शान्ती आफै भित्रबाट आउदछ । यसलाई बाहिर नखोज ।
– हाम्रो बाटो आकाशतर्फ होइन आफ्नै हृदयतर्फ हुनुपर्दछ ।
– मैले यो हेर्दिन कि के के गरिसके, मैले यो हेर्दछु कि के के गर्न बाकी छ ।

– हजारौ मैनबत्ती एउटा मैनबत्तीको प्रकाश कम नगराइ जलाउन सकिन्छ । यसरी नै खुसी बाढ्दा बढ्ने गर्छ ।
– आफ्नो उद्दारको लागि स्वयंमा निर्भर रहनुपर्दछ, अन्यमा होइन ।
– धार्मिक त्यही हो जसले अरूका निम्ती त्याग गर्न सक्छ ।
– जिब्रो एउटा त्यस्तो छुरी हो जसले खुन ननिकाली काट्न सक्छ ।

प्रकाशित मिति : २०७६ फाल्गुन १२ गते सोमवार