
काठमाडौं | नेपाली कांग्रेसका नेता ऋषिकेश जंग शाहले अहिले नेपालको लागी सबै भन्दा महत्वपूर्ण बनस्पति भनेको गाँजा भएको बताएका छन। आज सामाजिक संजाल मार्फत आफ्नो धारना सार्वजनिक गर्दै शाहले यूवाहरुलाई रोज़गारी दिने भनेको कृषि र आयुर्बेद भएको पनि उल्लेख गरेका छन। हामीले पूर्बिय दर्शनको अभियान चलाई रहेका छौ। नेता शाहले भनेका छन”जडीबुटी पूर्बिय दर्शनको अभिन्न अंग हो। नेपालमा गाँजा लगाएत ३५०० जडीबुटी छन। नेपालमा बिदेशबाट आऊने २५ लाख यूवाहरुलाई रोज़गारी दिने भनेको कृषि र आयुर्बेद हो”।
कांग्रेस नेता शाहले सामाजिक संजाल मार्फत सार्वजनिक गरेको धारना यस्तो छ:
हामीले पूर्बिय दर्शनको अभियान चलाई रहेका छौ। जडीबुटी पूर्बिय दर्शनको अभिन्न अंग हो। नेपालमा गाँजा लगाएत ३५०० जडीबुटी छन। नेपालमा बिदेशबाट आऊने २५ लाख यूवाहरुलाई रोज़गारी दिने भनेको कृषि र आयुर्बेद हो।आयुर्बेदमा पनि अहिले नेपालको लागी सबै भन्दा महत्वपूर्ण बनस्पति भनेको गाँजा हो।
जडिबुटीको तत्व पहिचान गर्ने भनेको रसायन शास्त्रीहरूले हो। नेपालमा ५५ बर्ष पहिले रसायन शास्त्रको मास्टर्स शुरू भएक़ो हो हामी संग जती पनि योग्य जनशक्ति छ। नेपालका ३५०० जड़ीबुटीको तत्व पहिचानको लागी एउटा मेशिन आवश्यकता छ। त्रिभुवन बिश्वबिध्यालय र काठमाण्डूकाठमाण्डू बिश्व बिध्यालयमा स्थापना गर्नु पर्छ।( अन्य बिश्वबिध्यालय लाई पनि आवश्यक छ भने सहकार्यमा आउनुस ) मेशिन स्थापना गरिनु पर्छ। त्यसको मूल्य जम्मा ४० करोड़ पर्छ। त्यो सरकारले खर्च गर्नु पर्छ। त्यो मेशिनले पहिचान गरेका तत्वहरू बाट के के कुरा उत्पादन गर्न सकींछ पहिचान गरौ त्यही अनुसारका कारख़ानाहरू खोलौ। लाखौ रोज़गारी सृजना हूंछ यो भनेको पूर्वीय दर्शनको बाटो हो। नेपाल र नेपालीको समर्थन चाहियो। बिदेशबाट नेपाल फर्किन चाहने साथीहरू तपाईहरू पनि बोल्नुस