कांग्रेसले बनायो सहमहामन्त्री महतको संयोजकत्वमा काेराेना भाइरसकाे कारण उत्पन्न परिस्थितिकाे अनुगमन समिति !



mahat

काठमाडौं | कोरोना भाइरस कोभिड १९ को कारण उत्पन्न परिस्थितिको सम्बन्धमा अनुगमन गर्न नेपाली कांग्रेसले पार्टीका सहमहामन्त्री डाक्टर प्रकाशशरण महतको संयोजकत्वमा समिति गठन गरेको छ। सोमबार पार्टी मुख्यालय सानेपामा पार्टी सभापति शेर बहादुर देउवाको सभापतित्वमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले सरकारले लकडाउन गर्ने बाहेकका कुनै पनि काम गर्न नसकेको ठहर गरेको छ, उक्त बैठकले सरकार कोरोना भाइरस नियन्त्रणमा पुर्नरुपमा असफल भएको निष्कर्ष निकाल्दै अहिलेको परिस्थिति के छ भनेर अनुगमन गर्न डाक्टर महतको नेतृत्वमा अनुगमन समिति बनाएको छ। उक्त समिति सरकारले कोरोना नियन्त्रणमा खेलेको भुमिका र नेपाली जनतामा कोरोनाका कारण परेको असर बारे अनुसन्धान गर्ने जनाइएको छ।

प्रकाशित मिति : २०७७ जेष्ठ २७ गते मङ्गलवार