जनता समाजवादीमा दाेस्राे वरियतामा रहेका बाबुरामकाे नाम एकाएक किन हटाइयाे !



एकताको लागि सम्झाैता भएको ४५ दिनपछि जनता समाजवादी पार्टी आज निर्वाचन आयाेगमा दर्ता भएको छ । महन्थ ठाकुर र उपेन्द्र यादव अध्यक्ष रहने गरि पार्टी दर्ता भएको हाे । यसअघि महन्थ ठाकुर , बाबुराम भट्टराई र उपेन्द्र यादव अध्यक्ष रहने बताइए पनि अन्तिममा बाबुराम भट्टराईकाे नाममा टिपेस लगाइएको छ । दाेस्राे वरियतामा रहेका भट्टराईलाई अन्तिममा किन हटाइयाे भन्नेमा सबै अनभिज्ञ छन । तीन अध्यक्ष र २ वरिष्ठ नेता रहने बताइएको भए पनि अन्तिममा दुई अध्यक्ष र ३ वरिष्ठ नेता रहने गरि पार्टी दर्ता भएको हाे । वरिष्ठ नेतामा बाबुराम भट्टराई, राजेन्द्र महताे र अशोक राई रहेका छन । जनता समाजवादी पार्टीमा ७०१ जनाकाे केन्द्रीय सदस्य र ५३ जनाको केन्द्रीय कार्यकारिणी समिति रहनेछ । आज दल दर्ता गर्दा भने ५२ जनाको नाम मात्रै बुझाइएको छ ।

प्रकाशित मिति : २०७७ जेष्ठ २५ गते आइतवार