काठमाडौंका सडकमा सवारी चाप बढ्यो, घरबाहिर निस्कन थाले सर्वसाधारण !



काठमाडौं | सरकारले चैत ११ गतेदेखि लागू गरेको लकडाउन काठमाडौं उपत्यकामा भने अघाेषित रुपमा खुकुलो भएको छ । सरकारले लकडाउन खुकुलो गर्ने कुनै आधिकारिक निर्णय नगरे पनि सर्वसाधारण भने घरबाहिर निस्कन थालेका हुन । आइतबार काठमाडौंमा निजी सवारीसाधनकाे चाप बढेसँगै लकडाउन खुकुलो भएको महसुस आमसर्वसाधारणले गरेका छन। दुई महिना लामो लकडाउन पछि पनि सरकारले लकडाउन खुलाउने ठाेस पहल नगरेको भन्दै केही व्यवसायीहरुले केही दिन अगाडि देखि लकडाउन उलंघन गर्दै व्यवसाय सञ्चालन गर्ने निर्णय गरेका थिए । त्यसयता सर्वसाधारण समेत लकडाउन खुकुलो बनाउनुपर्ने पक्षमा रहँदै आएका छन । लकडाउनले राेजिराेटी खाेसिएकाे भन्दै धेरैले लकडाउनकाे विरोध गर्दै आएका छन ।

प्रकाशित मिति : २०७७ जेष्ठ २५ गते आइतवार