नवराज विकको प्रेमिकाको पहिलो अन्तरवार्ता, घटनाका बारेमा खोलिन् यस्ता रहस्य (हेर्नुस् भिडियो)



काठमाडौ / नवराज बिकको प्रेमिका भनिने युवती सुष्मा मल्ल पहिलोपटक मिडियामा आएकी छिन् । आमा र अधिवक्तासँगै उनी प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा आएकी हुन् । उक्त घट्नाको बारेमा सुष्माले आफूले नवराज विकसँग फेशबुकमा हाईहल्लो हुने गरेको भएपनि विवाहबारे आफूले कहिल्यैपनि नसोचेको र कुरा नगरेको स्पष्ट पारिन् । आफूले नवराजलाई नबोलाएको उनले स्पष्ट पारिन् । रुकुम घटनामा हिरासतमा रहेकी उनी अदालतको फैसला पछि रिहा भएकी छन् ।

जाजरकोटका नवराज विक सुष्मालाई वेहुली बनाउन भन्दै आफ्ना साथी लिएर रुकुम गएका थिए । सुष्माको परिवार र गाउँलेले आ क्र म ण गर्दा नवराज सहित ६ जनाको निधन भएको थियो । सुष्माले घटनाका बारेमा आफुले पछि मात्र थाहा पाएको बताएकी छन् । उनले नवराजलाई आफुले नबोलाएको पनि बताएकी छन् । उनले नवराजलाई आफुले साथीको रुपमा मात्र हेरेको उनले बताएकी छन् । जसरी मिडियामा मेरो बारेमा कुरा आएको छ । त्यसले मलाई दुखी बनाएको छ । उनले यस्तो घटना होला भनेर आफुले कल्पना पनि नगरेको बताएकी छन् ।

प्रकाशित मिति : २०७७ कार्तिक ५ गते बुधवार