२१ वर्षिया चेलीकाे पुछियो सिन्दुर, ३ वर्षको छोरीले ‘बाबा खै’ भन्दा मन थाम्न सक्दिनन् (भिडियो हेर्नुस्)



काठमाडौ । झापामा निकै नै कहालीलाग्दो घटना भएको छ । कन्काई नगरपालिका ३ मा कहालीलाग्दो घटना भएको हो । २१ वर्षको उमेरमै एक किशोरीको सिन्दुर पुछिएको छ भने सानी छोरी टुहुरी भएकी छन् । २३ वर्षका युवा अभिषेक चौधरीलाई उनकै साथीहरुले ज्यान लिएका छन् । २१ वर्षको उमेरमै सिन्दुर बनेकी युवतीको ३ वर्षकी सानी छोरी छन् । झापा सुरुगाँमा साथीहरुले नै ज्यान लिएपछि अहिले उनको घरमा शो’क छाएको छ ।

घट’ना भएको अघिल्लो दिन साथीसंग हाँसिखुसी घरवाट निस्केका थिए । उनी कामवाट फर्केर आएपछि उनले नै चलाउने साइकल लिएर अभिषेक एक जना साथीसंगै गएका थिए । खाना पकाएर सकेपछि पनि श्रीमान घर नआएपछि उनले फोन गर्दा फोन पनि लागेन । त्यसपछि उनी खोज्न निस्किइन् राती ११ वजे सम्म पनि उनी फेला परेनन् । जुन साथीसंग निस्किएका थिए उनकै घरमा जाँदा ति साथी पनि घरमा पुगेका थिएनन् । दुईजना साथी कतैघुम्न गए होलान् भन्ने सोचेर उनी घर फर्केर आएर बसिन् । राती करिब १ वजे दुई जना साथी अभिषेक भन्दै बोलाउन आए । उनीहरुले राती पानी खान मागेर र खान दिए पछि उनीहरु गएका थिए ।

तर भोलीपल्ट आफ्नो श्रीमानको निधन भएको आफुले थाहा पाएको बताइन् । भोलीपल्ट त्यो साथी घरका सबै परिवारलाई सखाप पार्ने उद्देश्यले आएको आफुले थाहा पाएको बताइन् । उसले त्यस्तो भनेको रहेछ, भोलीपल्ट थाहा पाएपछि मलाई निकै ड’र लाग्यो । राती पानी खान मागेको बेलामा ढोका खोलेको भए सबैलाई सक्ने रहेछ । रविन राजवंशिसंगै आएका अर्का साथीलाई भने प्रहरीले पक्राउ नगरेको भन्दै उनले गुनासो गरेकी छन् । रविनले सबैलाई सिध्याउँछु भनेर अर्को साथीलाई लिएर आएको थियो भनेपछि त्यो साथीलाई पनि केही सल्लाह भएको हुनुपर्ने तर प्रहरीले उनलाई किन छोड्यो ? उनको भनाई छ । सानी छोरीले बाबा कहाँ जानुभयो ? भनेर सोध्दा के जवाफ दिने ? उनले आँशु झार्दै भनिन् ।

प्रकाशित मिति : २०७७ कार्तिक ५ गते बुधवार