यो हो संसारकै महंगो कालो स्याउ, अनौठो रंगको स्याउको यतिबेला विश्वभर चर्चा सुरु !



एजेन्सी । तपाईले कालो रङका स्याउ कहिल्यै देख्नु भएको छ रु पहेँलो, हरियो र रातो रङका स्याउ देखेका तपाई हामीहरुलाई कालो रंगको स्याउ देख्दा अचम्म लाग्नु स्वभाविक नै हो । यो कालो रङका स्याउ नेपालमा नभएर चीनको तिब्बतमा फलेको हो । चिनिया समाचार एजेन्सीहरुका अनुसार तिब्बतका पहाडी क्षेत्रमा ब्लाक डायमान्ड जातको यो दुर्लभ स्याउ फलाइन्छ ।

यसको रङ गाढा बैजनी हुन्छ र झ्वाट्ट हेर्दा कालो देखिने हुनाले यो अनौठो रंगको स्याउको यतिबेला विश्वभर चर्चा सुरु भएको छ । स्थानीय भाषामा यो स्याउलाई हुआ नियु भनिन्छ । समुद्री सतहबाट ३१ सय मिटरको उचाईमा यो स्याउको खेती गरिँदै आइएको छ । यो अनौठो रंगको स्याउ फल्ने स्थान पनि विशिष्ठ खालको हुन्छ । दिन र रातको समयमा तापक्रममा उच्च फरक हुने गरेको चिनिया समाचार एजेन्सीहरुले उल्लेखद गरेका छन् । जुन स्याउ अन्य रंगको स्याउ भन्दा निकै महंगो मूल्यमा बिक्दै आएको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक ५ गते बुधवार