
आगामी फागुन २0 गतेबाट अर्थमन्त्री डा. युवराज खतिवडाको मन्त्रीपद रिक्त हुँदैछ । गोकुल बास्कोटा र प्रदीप ज्ञवालीजस्तै डा. खतिवडा प्रधानमन्त्रीका बलिया सारथी हुन् । बहुमतमा रहेका माधव- प्रचण्ड समूह अर्थमन्त्रीलाई निरन्तरता नदिने पक्षमा छ, सचिवालयमा उनीहरुकै बहुमत छ । माधव- प्रचण्ड समूहको चाहना फागुन २0 पछि निर्वाचित सांसद सुरेन्द्र पाण्डेलाई अर्थमन्त्री बनाउने भन्ने छ । सफल अर्थमन्त्रीको रुपमा चिनिने सुरेन्द्र पाण्डेको बिकल्प कोहि नभएपछि उनि अर्थमन्त्री हुने पक्का भएको हो ।
यो अवस्थामा डा. युवराज खतिवडाको निरन्तरता रहेन भने ओली सरकार झनै कमजोर हुन जाने निश्चित छ । सचिवालयलाई बाइपास गरेर प्रधानमन्त्री अघि बढेमा यहाँ पनि उनीमाथि बहुमतको डण्डा चल्न सक्ने नेकपाको पछिल्लो समीकरणले देखाएको छ । प्रधानमन्त्री माथि ओलीमाथि आइलागेको अर्को चुनौती के हो भने यहीबेला उनको मृगौला प्रत्यारोपण गर्नुपर्ने छ । यसका लागि केही महिना भौतिकरुपमै आराम गर्नुपर्ने हुन्छ । झनै सक्रिय हुनुपर्ने बेलामा प्रधानमन्त्रीको जिम्मेवारीमा रही रहेर किड्नी ट्रान्सप्लान्टका लागि समय निकाल्नु उनको अर्को भवितव्य अर्थात संकट हो ।