गए राति पृथ्वी र मंगल ग्रह भए आमने सामने



काठमाडौँ, २८ असोज । नासाका अनुसार मंगलबार मंगल ग्रह पृथ्वीबाट सबैभन्दा ठूलो देखिएको छ । गए राति मंगल ग्रह निकै चम्किलो समेत देखिएको थियो । खगोलविद्हरुका अनुसा पृथ्वी र मंगल ग्रह आमने सामाने भएका कारण यस्तो अवस्था सिर्जना भएको हो ।

काठमाडौंस्थित नेपाल एस्ट्रोनोमिकल सोसाईटी (नासो) का अध्यक्ष सुरेश भट्टराईका अनुसार अरु बेलाभन्दा गए राति मंगल ग्रह निकै चम्किलो देखिएको बताउनुभयो । मंगल ग्रह पृथ्वीबाट यतिको नजिक अब सन् २०३५ मा मात्रै आउँछ उहाँले भन्नुभयो । प्रत्येक २६ महिनामा पृथ्वी मंगल ग्रह आमने सामने हुन्छ अध्यक्ष भट्छराईले भन्नुभयो । यसलाई खगोलशास्त्रको भाषामा मंगल ग्रहको ‘अपोजिसन’ अर्थात् आमने सामने भन्ने गरिन्छ ।वैज्ञानिकहरु पृथ्वी र मंगल ग्रह यसरी आमने सामने हुनुलाई दुर्लभ खगोलीय घटना समेत मान्छन्। जसमा मंगल, पृथ्वी र सूर्य ग्रह आपसमा सीधा रेखामा हुने गर्छन्।

प्रकाशित मिति : २०७७ असोज २८ गते बुधवार