दीपकराज पाठकको शब्दमा ‘भोटे ताल्चा’ सार्वजनिक (भिडियो)



काठमाडौं, २७ असोज । दीपकराज पाठकको शब्दमा ‘भोटे ताल्चा’ गीत युट्यूबमा सार्वजनिक गरिएको छ । सार्वजनिक गीतलाई गायिका रचना रिमाल र शंकर दाहालले स्वारबद्ध गरेका छन्, भने विपिन आचार्यले संगीतबद्ध गरेका छन् । त्यस्तै, सार्वजनिक गीतको भिडियोमा शिशिर भण्डारीका साथमा नवप्रवेशी र प्रतिभावान ६ जना मोडलहरुको एकसाथ अभिनय रहेको छ ।

हालको सांगीतक बजारको विकृतिलाई पनि समेटिएको गीतको भिडियोमा स्मृति श्रेष्ठ, एलिशा श्रेष्ठ, श्रद्धा गौतम, संचिता पाँचकोटी, आकंक्षा तामाङ र सबिता रानाको पनि अभिनय रहेको छ । गीतको कथावस्तु तथा समग्रमा गीत नै उत्कृष्ठ रहेको दर्शक/श्रोताले प्रतिक्रिया दिइरहेका छन् । लक्ष्मण अधिकारीको पनि अभिनय रहेको गीतलाई सुन्दर लोकेशनमा ज्ञानेन्द्र शर्मा हुमागाईले खिचेका हुन् । नृत्य र निर्देशन सन्तोष राजबहाकको रहेको छ । गीतलाई डिन्सन शाहले सम्पादन गरेका हुन् ।

प्रकाशित मिति : २०७७ असोज २७ गते मङ्गलवार