पुटिनको उदयपछि रुस यसरी बन्यो संसारकै शक्तिशाली देश, अमेरिकालाई महाशक्ति दाबी गर्न लाज !



शीतयु’द्ध समाप्त भएपछि अहिले आएर रुसको सैन्यक्षमतामा वृद्धि भएर अत्यन्त शक्तिशाली बनेको एक बेलायती थिंकट्यांकको प्रतिवेदनमा उल्लेख गरिएको छ । विशेषगरी उसको आणविक हतियार र वायुसेनाले शक्ति आर्जन गरिरहेको बताइएको छ । एक दशकसम्म सैन्यशक्ति अभिवृद्धि गरेको रुसको सेना यु’द्धका लागि तयारी अवस्थामा रहेको भनी लेखिएको छ । उसका ल’डाकू विमानहरू सबै चुस्त’दुरुस्त छन् र सेनाले उच्चतम प्रविधि उपयोग गर्ने गरेको छ । सैनिकहरू सबै व्यावसायिक छन् ।

मस्कोसँग संसारकै सबभन्दा धेरै आणविक वारहेडको संकलन छ । ऊ अब ध्वनिको गतिभन्दा निकै तीव्र गति भएको हाइपरसोनिक क्षे’प्यास्त्र बनाउन लाग्दैछ । उसले आणविक पनडुब्बीहरू पनि अत्याधुनिक बनाउँदैछ । इन्टरनेसनल इन्स्टिच्युट फर स्ट्रोटेजिक स्टडीजको प्रतिवेदनमा उल्लेख भएअनुसार, सोभियत संघको पतन भएदेखि पहिलोपटक रुसको सैन्य क्षमता बढेको हो र यसले गर्दा भ्लादिमिर पुटिनले युक्रेन, सिरिया तथा अन्यत्र प्रभाव विस्तार गर्न सफल भएका छन् ।

रुस र पश्चिमको सम्बन्धमा दरार आइरहेको अवस्थामा उक्त संस्थाको स्ट्राटेजिक डोसियरले रुसको सैन्य क्षमता वृद्धि भएकाले मस्को ह’ति’यार प्रयोग इच्छुक देखिएको भनी चेतावनी दिएको छ । रुसका परम्परागत सैनिकहरूलाई सोभियत संघको पतन भएपछि एकदमै कम रकम उपलब्ध गराइएको थियो । क्षे’प्या’स्त्र’मा मात्र ध्यान दिइएको थियो । रुसले सन् १९९० को दशकमा चेचेन्यामा र सन् २००८ मा जर्जियामा रक्तरञ्जित यु’द्ध ल’डेको थियो अनि त्यसमा उसका ह’ति’यार र सैन्य प्रशिक्षणका कमजोरीहरू उजागर भएका थिए ।

त्यसपछि सन् २०१० मा स्टेट आर्मामेन्ट प्रोग्रामलाई स्वीकृति दिइयो । त्यसपछि रुसको जलसेनालाई अत्याधुनिक ल’डा’कू विमान र जमीनमा मा’र हा’न्ने क्रु’ज क्षे’प्यास्त्रहरू किन्नका लागि बजेट उपलब्ध गराइएको थियो । सोभियत कालका सेनाभन्दा अहिलेका फौजहरू थोरै छन् तर अत्याधुनिक ह’ति’यारले सुसज्जित छन् । रुसको सैन्य शक्तिमा आएको परिवर्तनले आफूलाई महाशक्ति दाबी गर्ने अमेरिकालाई लाज लागेको अमेरिकी सैन्य विश्लेषकहरूले नै दाबी गर्ने गरेका छन् ।

प्रकाशित मिति : २०७७ असोज २४ गते शनिवार