
काठमाडौं । बजाजको चर्चित मोटरसाइकल पल्सर १५० मासिक किस्तामा किन्न चाहनेलाई शून्य प्रतिशत व्याजदरको स्कीम निकै आकर्षक रहेको छ । बजाजको आधिकारीक वितरक हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिले दशैं तिहारलाई लक्षित गरेर ल्याएको स्कीममा पल्सर १५० टिडी किन्न चाहने ग्राहकले मासिक ७ हजार ५५२ रुपैयाँ तिर्नेगरि मोटरसाइकल किन्न सक्ने छन् । यो स्कीममा मोटरसाइकल खरिद गर्ने ग्राहकले यसको तोकिएको मूल्य २ लाख ७१ हजार ९०० रुपैयाँको ५० प्रतिशत हुन आउने रकम १ लाख ३५ हजार ९५० रुपैयाँ डाउन पेमेन्ट वापत बुझाउनु पर्ने हुन्छ भने त्यति नै रकम कर्जा दिनु पर्ने हुन्छ ।
कर्जा वापत लिने १ लाख ३५ हजार ९५० रुपैयाँलाई ग्राहकले १७ किस्तामा भुक्तानी गर्दा कुनै किसिमको व्याज तिर्नु पर्ने छैन । यसरी मोटरसाइकल किन्ने ग्राहकले बीमा शुल्क र नामसारी शुल्क भने पहिल्यै कम्पनीमा तिर्नु पर्ने हुन्छ । कम्पनीले गरेको अफर अनुसार ५० प्रतिशत डाउन पेमेन्ट गर्न नसक्ने ग्राहकले २० प्रतिशत डाउन पेमेन्ट गरेर पनि यो मोटरसाइकल किन्न सक्ने छन् । तर, यसमा लाग्ने व्याजदर भने निकै महंगो १५ प्रतिशत हाराहारी रहेको छ । पुरै नगद तिरेर मोटरसाइकल किन्ने ग्राहकले भने १० हजार रुपैयाँ नगद नै छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । बजाज पल्सर १५०मा १४९ सीसी सिगंल सिलिन्डर एयर कूल्ड इन्जिन रहेको छ । उक्त इन्जिनले ९००० आरपीएममा १४ पीएस पावर र ७५०० आरपीएममा १३।४ एनएम टर्क प्रदान गर्ने गर्छ ।
यसमा ५ स्पीडको गियरबक्स जडान गरिएको छ । यसमा सेमि डिजिटल इन्स्ट्रुमेन्ट कल्स्टर रहेको छ । कम्पनीले यसलाई सिंगल डिस्क र डबल डिस्क भेरियन्टमा बिक्री गर्दै आएको । यो मोटरसाइकल दुई कलर अप्सनमा उपलब्ध रहेको छ ।