राजा बीरेन्द्रको लोकप्रिय स्थल चंखेली हिमालको शिखरमा २० फिट अग्लोे शिवको मूर्ति बन्दै



मुगु | मुगु जिल्ला छायानाथ रारा नगरपालिका वडा नं. १४ वाममा रहेको २० फिट अग्लो चंखेली हिमालकाे शिरमा शिवको मुर्ति बन्ने भएको छ । समुन्द्री सतहदेखि ४५ मिटर उचाइमा रहेको चंखेलीकाे शिरमा शिवको मुर्ति बन्ने भएको हाे । नेपाली १ रूपैयाँकाे नाेटमा अंकित चंखेली हिमाल राजा विरेन्द्रकाे राेजाईकाे हिमाल हाे । अनुमानित लागत १२ लाख भन्दा बढीको लगानीमा शिवको मुर्ति निमार्ण हुने छ । स्थानीय वासिन्दाको ८ लाखको श्रमदान , नेपालका पूर्व धावक एवम् हाल स्पेनमा बस्दै आएका अक्कल बाेहाेराकाे २८ हजार सहयोग र वडा नं. १४ का वडाध्यक्षकाे ५० हजार आर्थिक सहयोगमा मुर्तिकाे निर्माण सुरुवात गरिएको छ ।

चंखेली हिमालमा आन्तरिक पर्यटक बढ्दै गएपछि २० फिट अग्लो शिवको मुर्ति निर्माण गर्न लागिएको हाे । हिमालको फेदीसम्म सडक सञ्जाल पुगेपछि यतिबेला पर्यटककाे चहलपहल बढेको छ । २०४० सालमा राजा विरेन्द्र शिकार खेल्न चंखेली हिमालमा आइपुगेको स्थानीय बासिन्दाले बताए । राजा विरेन्द्रलाई मनमाेहक लागेको हिमाल त्यसयता भने त्यति चर्चामा रहेको थिएन । मुर्ति बनेपछि पर्यटकीय गन्तव्यकाे रुपमा चंखेली हिमाल विकसित हुने स्थानीयकाे आशा छ ।

प्रकाशित मिति : २०७७ असोज २३ गते शुक्रवार