
काठमाडौं। यूएईले कोरोना भाइरस टेस्ट गर्ने क्रममा विश्वरेकर्ड बनाएको छ । यूएई आफ्नो जनसंख्याभन्दा धेरै कोरोनाभाइरस टेस्ट गर्ने पहिलो देश बनेको छ । यूएईले कोरोनाभाइरस सुरु भर्एदेखि अहिलेसम्म १ करोड ४ लाखभन्दा धेरै टेस्ट गरिसकेको छ । यो देशको कूल जनसंख्या भने ९६ लाख मात्र छ । कूल जनसंख्याको तुलनामा टेस्टको प्रतिशत अधिक हुने देशमा युएई पहिलो भए पनि सबैभन्दा धेरै टेस्ट गर्ने देश भने यूएई होइन ।अहिलेसम्म सबैभन्दा धेरै कोरोनाभाइरस टेस्ट गर्ने देश चीन हो ।चीनले अहिलेसम्म १६ करोडभन्दा बढी टेस्ट गरिसकेको छ ।
अमेरिकाले ७ अक्टोबरसम्म ११ करोड टेस्ट गरेर दोस्रो स्थानमा छ । तेस्रो स्थानको भारतले ८ करोड टेस्ट गरेको छ । रुसले ५ करोड परीक्षण गरेको छ र चौथो स्थानमा छ ।यूएई सरकारका प्रवक्ता डा। उमर अल हम्मादीले खलीज टाइम्सलाई बताएअनुसार देशले ३० सेप्टेम्बरदेखि ६ अक्टोबरको बीचमा ७ लाख २० हजार ८०२ टेस्ट गरेको छ । यो अघिल्लो हप्ताको तुलनामा ८ प्रतिशत बढी हो । यो अवधिमा कोरोनाका कूल केसमा पनि १६ प्रतिशत वृद्धि भएको छ । निको हुने दरमा पनि २३ प्रतिशतसम्म वृद्धि भएको छ ।यूएईमा संक्रमणका कूल केस १ लाखभन्दा धेरै भएका छन् ।
डा। उमरका अनुसार यो हप्ता कोरोनाभाइरसका कारण ७३ प्रतिशत बढी मृत्यु भएका छन् । यति हुँदाहुँदै पनि यूएईमा सेप्टेम्बरमा कोरोनाभाइरसबाट हुने मृत्यु दर विश्वमै सबैभन्दा कम छ । युएईमा अहिलेसम्म कोरोनाभाइरसका कारण ४३६ जनाको मृत्यु भएको छ ।यूएईका अधिकारीहरुले भ्याक्सिन लिएका स्वयंसेवकहरु संक्रमणबाट सुरक्षित नभएको बताएका छन् । भ्याक्सिन अहिले पनि ट्रायल अवधिमै रहेकोले स्वयंसेवकहरुको पूर्ण निगरानी गरिने र सबै फ्याक्टरहरुको जाँच गरिने अधिकारीहरुले बताएका छन् । अधिकारीहरुले चिसो मौसममा संक्रमणको खतरा अधिक भएकोले नागरिकलाई फ्लुको भ्याक्सिन लगाउन आग्रह गरेका छन् ।