भोलि सार्वजनिक बिदा (सूचनासहित)



काठमाडौं । भोलि सार्वजनिक विदा दिएको छ । फागुन १२ गते सोमबारका दिन शेर्पा समूदायको महान पर्व ग्याल्पो ल्होसारको अवसरमा ओखलढुंगाको खिजिदेम्बा गाउँपालिकाले सार्वजनिक बिदा दिएको हो । गाउँपालिकाले आइतबार एक सूचना जारी गर्दै सोमबार परेको शेर्पा समुदायको पर्व ग्याल्पो ल्होसारको अवसरमा सर्वजनिक बिदा दिने निर्णय गरिएको उल्लेख छ ।

शेर्पा समुदायको बाक्लो बसोबास रहेको सो गाउँपालिकाले स्थानीय बिदा अन्तर्गत सार्वजनिक बिदा दिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुवास पौडेलले जानकारी दिनुभयो । एक नगरपालिका सहित आठ स्थानीय तह रहेको ओखलढुंगामा अन्य स्थानीय तहले भने सार्वजनिक बिदा दिएको छैन ।

हेर्नुहोस् सूचना :

प्रकाशित मिति : २०७६ फाल्गुन ११ गते आइतवार