भगवान शिवको दर्शन गरि आजको राशिफल हेर्नुस् , आज फागुन ११ गते, आइतबार



मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् भने श्रमको उचित मूल्यांकन होला। शैक्षिक गुणस्तरमा बृद्धि गर्न सकिनेछ भने नयाँ ज्ञान सिक्ने अवसर मिल्नेछ। गरेका कामबाट प्रशस्त लाभ हुनेछ। दाजुभाइ तथा आफन्तहरुले सहयोग गर्नेछन् भने सवारी साधन प्राप्तीको गतिलो योग रहेकोछ । भविष्यका लागि काम गर्न सकिने समय रहेकोछ । प्रेमको डोरो कसिलो भएर जानेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) विद्या तथा प्रतिस्पर्धामा प्रतिष्पर्धिहरूलाई किनारा लगाउँदै तपाईकै नाम अग्र स्थानमा आउनेछ । व्यापार व्यवसायमा भने जस्तो नाफा कमाउन सकिनेछ भने थप लगानी बढाउँने बाताबण बन्नेछ । छोटो समयमा नाम तथा दाम कमाउन सकिने हुँदा घर परिवारमा खुसियालि छाउनेछ । माया प्रेममा सामिप्यता बढेर जाने तथा पति पत्निबीच विश्वास बढेर जानेछ । नयाँ नयाँ कामको प्रस्ताव आउनेछ भने नोकरिमा पदोन्नति हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) समय तथा परिस्थितिअनुसार चल्न नसक्दा अलि दुःख पाइनेछ। पहिलेका निर्णयले काममा चुनौती आउने देखिन्छ। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ मिल्नेछ। महत्वाकांक्षी योजना तत्काल सार्वजनिक गर्न केही समय पर्खनुहोला। परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ। धार्मिक क्षेत्र तथा परोपकारी काममा सहभागि भई काम गर्ने अवसर जुर्नेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) कष्ट भावमा गोचर गर्ने चन्द्रमाले भौतिक सम्पति तथा सवारि साधनको प्रयोग तथा परिचालन गर्दा ख्याल गर्नुहोला । माया प्रेम गर्ने जोडिहरूले आजको दिन नजिक नहुँदै राम्रो रहनेछ । आर्थिक पाटाहरु कमजोर रहनेछन् भने व्यापार व्यवसायमा आम्दानिी नहुँदा दैनिकी प्रभावित हुनेछ । दिदी बहिनीहरुसँग मनमुटाब बढ्नेछ भने आफन्त तथा साथीभाइहरु तपाईदेखि टाढिन सक्छन् ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) उद्योग तथा व्यापारमा लगानी गर्ने अवसर आउनेछ भने बहुमुल्य धातु संग्रह गर्न सकिनेछ । शुभचिन्तकहरुको सहयोग तथा सद्भाव पाइने हुनाले समयमा नै कामहरु सम्पन्न हुनेछछन् । भौतिक सम्पति तथा विलाशि बस्तुको प्रयोग मार्फत अरुको मन आफुतिर लोभ्याउन सकिनेछ । बन्धु बान्धबहरुको सहयोग तथा समर्थन पाइने हुनाले उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । प्रेम प्रसंगमा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ ।

कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) विवादित विषयहरुबाट निचोड तपाईकै पक्षमा आउने हुनाले खुशीले उचाई नाघ्नेछ । पढ्ने लेख्ने काममा अरुलाई पछाडि छोड्दै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । पुराना समस्याहरुबाट छुट्करा पाइने हुनाले मन प्रशन्न हुनेछ । स्वास्थ्य आफ्नै काबुमा हुने हुनाले नयाँ नयाँ काम गर्न सकिनेछ । तपाईसँग मनमुटावको भावना राख्ने तथा सत्रुता साध्नेहरु आफै कमजोर हुनेछन् । काम गर्न रकम तथा आर्थिक स्रोतहरु जुट्ने हुनाले व्यापार व्यवसायमा प्रशस्त आम्दानी हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) सन्तान तथा परिवारले तपाईको काममा खासै सहयोग गर्ने छैनन् भने अपाईको आलोचना गर्नेहरु बढ्ने ग्रहयोग रहेकोछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्याले सताउने हुँदा दैनिक काम गर्न असजिलो महशुस हुनेछ । माया प्रेममा धोका हुनेछ भने घर परिवारमा आफन्त तथा पति पत्निबीच मनमुटाब बढ्नेछ । व्यापार व्यवसाय खस्केर जाने हुनाले दैनिक गुजारा गर्न गाह्रो हुनेछ भने प्रतिस्पर्धिहरूकाे अवरोधले फाइदाको सम्भावना टरेर जानेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) तपाईको व्यवहारले मान्यजन तथा आमाको मन दुख्नेछ ध्यान दिनुहोला । अरुकै काममा समय बित्ने हुदा आफ्नो काम थाति रहनेछ । विभिन्न योजनाहरु छलफलका लागि ल्याउन सकिने भएपनि सहकर्मिहरुबाट नै विरोध हुनेछ । अध्ययनमा भनेजस्तो सफलता हात लगाउन निकै मेहनतको जरुरी पर्नेछ । कुनै काम गर्दा गम्भिर हुनुहोला हतार गर्नाले काम बिग्रनेछ । प्रेममा अविश्वास बढ्ने योग रहेकोछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) माया प्रेममा सामिप्यता बढेर जाने तथा मिल्ने साथीको सहयोगले कामहरु बन्नेछन् । रोकिएर बसेका कामहरु बन्नुको साथै विस्तारै नयाँ काम बन्नेछन् । पढाइ लेखाइमा सुधार गर्दै सफलताको नजिक पुग्न सकिनेछ । छिमेकिहरु माझ राम्रो कामगरि प्रशिद्धि कमाउन सकिनेछ । समाजिक सम्बन्धहरु सुदृढ भएर जानेछन् भने दाजुभाइ तथा बन्धुबान्धबको सहयोग पाइने हुनाले जोसिलो काम गर्ने जागर आउनेछ । सानो प्रयत्नले राम्रो काम गरि फाइदा लिन सकिनेछ भने प्रतिस्पर्धिहरू परास्त हुनेछन् ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) स्वास्थ्यमा समस्या आई दैनिक कामकाज गर्न नसकिने हुनाले रुपैयाँ पैसाको व्यवस्थापन गर्न गाह्रो हुनेछ । आफन्त तथा परिवारबाट अप्रीय तथा दुखद समाचार सुनिने हुँदा मनमा खिन्नता पैदा हुनेछ । अध्ययन तथा अध्यापनको क्षेत्र तपाई आफ्नै कारणले कमजोर रहनेछ । बोल्दा वा कुनैपनि प्रस्तुतिमा भाग लिँदा प्रशस्त तयारि गर्नुहोला कमजोरि गरेको वा भएको आभास हुनेछ । तयारि बिना नै प्रस्तुत गरिने कुनै पनि योजना विफल हुन सक्छ ध्यान दिनुहोला ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) नयाँ कामको खोजि गर्नेहरुले नोकरीमा प्रवेश तथा पदोन्नतीको प्रशस्त सम्भावना रहेकोछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुले समयको सुक्ष्म व्यावस्थापन गर्न सके मान सम्मान तथा प्रतिष्ठा कमाउने समय रहेकोछ । नयाँ प्रबृधिको प्रयोग गरि व्यापारलाई विस्तार गर्न सकिनेछ । पढाइ लेखाइमा सुधार भएर जानेछ भने मेहनतले गन्तब्य पहिल्याउन सहज हुनेछ । प्रेममा एक अर्कालाई बुझ्ने अवसर प्राप्त हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) स्वदेशि सामानको उत्पादन तथा बिक्रि घट्न सक्छ भने विदेशि सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्या देखापर्न सक्ने तथा उपचार खर्च बढ्ने योग रहेको छ । अल्छि गर्ने बानिले कामहरु बिग्रन सक्छ । अनावश्यक खर्च बढ्ने हुँदा दैनिक खर्च बढेर जानेछ । न्यून पारिश्रमिकमा दिनभर समय ब्यातित गर्नुपर्दा अन्य काममा समय दिन सकिनेछैन । माया प्रेममा सामान्य मनमुटाव सिर्जना हुनेछ ।

प्रकाशित मिति : २०७६ फाल्गुन ११ गते आइतवार