दक्षिण कोरियामा अस्पताल र चर्चमा कोरोना भाइरसको संक्रमण



एजेन्सी,१० फागुन । दक्षिण कोरियामा एकैदिन थप १ सय ४२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो संगै कोरियामा संक्रमणको संख्या ३ सय ४६ पुगेको छ । २ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । दक्षिणपुर्वि शहर चङडुको अस्पताल र चर्चमा संक्रमण फैलिएको कोरियन सञ्चारमाध्यमहरुले जनाएका छन् । चङडुको दाइनाम अस्पतालमा उपचाररत १ सय ८ जना बिरामीमा कोभिड नाइन्टिनको संक्रमण देखिएको छ ।

शिन्चेन्जी देगु चर्चमा शनिबार थप ३८ जनाको कोरोना भाइरस रोगको पुष्टि भएको छ । संक्रमण तिब्र देखिएपछि सचेत रहन आग्रह गर्दै उच्च देगु र चङडुलाई विशेष निगरानी क्षेत्र घोषणा गरिएको छ । स्वास्थ्य तथा समाजकल्याण मन्त्री पर्क न्युङ हुले आफुहरु कोरोना भाइरस रोग संक्रमण नियन्त्रणका लागि सचेत रहेको बताउदै अस्पतालमा रहेका बिरामी र संक्रमण पुष्टि भएका बिरामीलाई छुट्टा राख्न निर्देशन दिइसकेको जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७६ फाल्गुन १० गते शनिवार