घुस काण्ड बाहिरिए पछि सञ्चार मन्त्री गाेकुल बाँस्कोटाले दिए राजिनामा



काठमाडौं । सूचना, सञ्चार तथा प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएका छन् । ७० करोड घुस मागेको अडियाे सार्वजनिक भएपछि विवादमा फसेका बाँस्कोटाले प्रधानमन्त्रीलाई राजीनामा बुझाएको बुझिएको छ ।

बिहीबार संसदको बैठकमा घुस काण्डकाे विषयमा प्रतिपक्षी दलले सरकारको आधिकारिक धारणा माग गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले सम्बन्धित मन्त्रीले राजिनामा दिएको जानकारी दिँदै स‌ंसद चल्न दिन प्रतिपक्षी समक्ष आग्रह गरे । यद्यपि प्रधानमन्त्रीले संसदलाई जानकारी नगराई संसद चल्न नदिने भन्दै प्रतिपक्षी दल कांग्रेसले संसद अवरुद्ध गरेको छ ।

प्रकाशित मिति : २०७६ फाल्गुन ८ गते बिहिवार