महरा अब पुन : संसद भवन छिर्न पाउने भए



काठमाडौं– बला त्कार प्रया सको मु द्दामा काठमाडौं जिल्ला अदालतबाट सफाइ पाएका पूर्वसभामुख कृष्णबहादुर पुनः संसद् भवन छिर्ने भएका छन्। संसद् सचिवालमा कार्यरत रोशनी शाहीले बला त्का र प्रया स गरेको आरो पमा मु द्दा दायर गर्दा सभामुख पद गुमे पनि महराको सांसद पद भने यथावत् नै छ।

‘आफूमाथि लागेको अभियोगमा जिल्ला अदालतबाट सफाइ पाएपछि महराको सांसद पद यथावत् नै रहन्छ,’ संविधानविद् डा. भीमार्जुन आचार्यले भने, ‘आजबाट उहाँ पुरानै अवस्थामा फर्किनुभयो।’ यद्यपि, महराको मु द्दामा सरकारी वकिलको कार्यालयले उच्च अदालतमा पुनरावेदन भने गर्नुपर्नेछ । उच्च अदालत पाटनका श्रेस्तेदार बाबुराम दाहालका अनुसार सरकारवादी मुद्दामा सरकारी पक्षले मुद्दा हारेमा अनिवार्य रुपमा एक तहको पुनरावेदन गर्नुपर्ने कानुनी व्यवस्था छ।

फैसला हेरेर सय दिनभित्र पुनरावेदन गर्नुपर्ने व्यवस्था छ। काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका सहायक जिल्ला न्यायाधिवक्ता बिनिता कपालीले फैसलामा उल्लेख भएका प्रमाण हेरेर मुद्दा पुनरावेदनको बारेमा बैठकले निर्णय गर्ने जानकारी दिइन्। बला त्का र प्रया सको आ रोप लागेपछि महराले असोज १४ गते सभामुख पदबाट राजीनामा दिएका थिए।

प्रकाशित मिति : २०७६ फाल्गुन ६ गते मङ्गलवार