
इलाम । इलामका एक युवकले लक्षिण कोरीयामा आत्मह*त्या गरेका छन् । इलामको माङ्सेबुङ गाउँपालिका–३ इलामका २७ वर्षीय यामकुमार लिम्बूले आत्मह*त्या गरेको परिवारले जनाएको छ । तीन वर्ष अघि रोजगारिका क्रमममा लिम्बू कोरिया पुगेका थिए । उनले काफ्नो कोठासँगै रहेको गोदाम भित्र झुण्डिएर आत्महत्या गरेको मिर्याङ नेपाली समाजका शम्भु राउतले बताए ।
लिम्बू दक्षिण कोरियाको राजधानी सौलबाट करिब तीन सय ४५ किलोमिट टाढा ख्यङसान नाम्दोस्थित मिर्याङ शहर नजिकै एक स्याउ खेतीमा काम गर्दै आएका थिए । लिम्बूले केहिदिन अघिबाट आफु विदामा नेपाल जान कम्पनीको बोससँग कुरा गर्दे आएका थिए । उनले मानसिक तनावका कारण आत्महत्या गरेको हुनसक्ने बताइएको छ । पोष्टमार्टम रिपोर्ट आएपछि मात्र आत्मह*त्याको कारण खुल्ने बताइएको छ ।
प्रकाशित मिति : २०७६ फाल्गुन ५ गते सोमवार