भाेलि सार्वजनिक बिदा ! सूचना सहित !



ललितपुर । ललितपुर महानगरपालिकाका पुर्व प्रमुख तथा स्वतन्त्रता सेनानी बेखारत्न शाक्यको निधनको शोकमा भोलि ललितपुर महानगरपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

स्वर्गीय शाक्य ललितपुर उपमहानगरपालिकाको पूर्वप्रमुख, नगरपालिका संघको पूर्वकेन्द्रीय अध्यक्ष र नेपाल प्रजातन्त्र सेनानी संघको पूर्वजिल्ला सभापतिसमेत भएर काम गरेका थिए। उनको आइतबार ८९ वर्षको उमेरमा काठमाडौंको मेडीसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

प्रकाशित मिति : २०७६ फाल्गुन ४ गते आइतवार