घरमा चामल छैन भने हामीलाई खबर गर्नुस्, नेकपा पोको बोकेर आउँछ – ओली



प्रधानमन्त्री केपी शर्मा ओलीले अब कोही पनि ब्यक्ति भोकै बस्नुनपर्ने बताएका छन् । झापाको दमकम आयोजित दमक चिसापानी रवि सडक शिलन्यास समारोहमा बोल्दै उनले वर्तमान सरकारले जनताको आधारभुत आवश्यकता पुरा गर्ने गरी काम गरिरहेकाले कोही पनि भोकै नपर्ने बताएका हुन् । उनले भने ,यो देशमा किरा फट्याग्रा त भोकै मरदैनन् ,कोही पनि जनता भोकै मर्नु हुदैन । उनले ठटेउलो तरिकामा भने ,घर चामल छैन भने हामीलाई खबर गर्नुस् ,नेकपा पाृको बोकेर आउँछ , त्यसका लागि मैले २ लाख रुपैँया छुट्याएको छु ।,उनले जनता आवास कार्यक्रम अन्तरर्गत देशभर ८ हजार घर बनाइएको बताए । उनले सरकारको काम देखेर बिपक्षी आत्तिएको आरोप लगाए । सरकारको काम सामु घुँडा टेकेको दाबि गरे ।

उनले भने ,यो सरकारको काम देखेर विपक्षीको निन्द्र हरण भएको छ , केहि सीप नचलेर मेरो मृत्युको प्रतिक्षामा छन् । उनले आफु प्रधान्मन्त्री भएपछि देशभर ३ हजार किलोमिटर बाटो कालोपत्रे भएको बताए । यस्तै २३५ वटा पुल बनेको जानकारी दिए । नेपाल कृषिको उर्वर भुमि रहेकाले यहाँ कृषि आधुनिकिकरणको माध्यमबाट देशको अर्थतन्त्रमा टेवा पुर्याउने बताए । उनले वर्तमान सरकार बिकास निर्माणको क्षेत्रमा तिव्र गतिमा लागिरहेको दाबि गरे । आफुले राजनिति शुरु गर्दा कोदालो बोकेर गरेको तर अहिले जताततै पक्की सडक बनेकाले आफुले जस्तो अबका पिडितले दुख गर्नुनपर्ने बताए । भुटानी शरणार्थीको समस्या अब चाँडै नै अन्तिमतर्फ अघि बढेको जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आईतबार बहुप्रतिक्षित दमक चिसापानी रबि सडकको शिलन्यास गरेका छन् । नेपाल सरकार भौतिक पूर्वधार मन्त्रालयमार्फत सडक डिभिजन कार्यलय दमकको आयोजनामा काम भईरहेको सो सडकको आज एक कार्यक्रमकाबिच ओलीले शिलन्यास गरेका हुन् । सो सडकको ३ खण्डमा काम भईरहेको भौतिक पूर्वधार मन्त्री बसन्त कुमार नेम्बाङ्गले बताए । यो सडकको अबको ३ बर्षमा सम्पन्न हुनेछ । यो सडक बनेसँग झापा ,इलाम र पाँचथरका नागरिकहरु प्रत्यक्ष लाभान्वित हुनेछन् । यसअघि ओलीले दमकको कृष्णमन्दिरदेखि बेलडाँगी जोड्ने कालोपत्रे सम्पन्न भएको सडक , दमक र मोरङको मिक्लाजुङ्ग जोड्ने मावाँ खोलाको पुलको उद्घाटन गरे त्यस्तै ओलीले आजै दमकमा निर्माण सम्पन्न भएको एकिकृत नमुना वस्तीको समेत समुदायमा चाँबी हतान्तरण गरे । सो नमुनावस्ती दमक नगरपालिका ,प्रदेश र केन्द्र सरकारको करिब ३ करोडमा आयोजना सम्पन्न भएको हो । प्रधानमन्त्री ओली आजै काठमाडौ फर्किएका छन् ।

प्रकाशित मिति : २०७६ फाल्गुन ४ गते आइतवार