लाइसेन्सको कापी परीक्षण सकियो,नतिजा प्रकाशन गर्ने तरखरमा आयोग



शिक्षक सेवा आयोगले तीनै तहका शिक्षक अध्यापन अनुमति पत्र (लाइसेन्स) परीक्षाको उत्तरपुस्तिका परीक्षण गरिसकेको छ । आयोगले तीनै तहका उत्तरपुस्तिका परीक्षण गरिसकेर माध्यमिक तहको नतिजा धमाधम कम्प्युटराइज्ड गरिरहेको छ । आयोगका अनुसार माध्यमिक तहको नतिजा रुजु हुने बितिकै यसै हप्ता नतिजा सार्बजनिक गर्ने तयारी गरिरहेको छ ।

आयोगले लाइसेन्सको नतिजा सार्वजनिक गरेपछि खुला विज्ञापनका लागि बाटो खुला हुने आयोगका एक कर्मचारीले बताए । ‘खुला विज्ञापनका लागि हामी तयार छौं, हाम्रो लक्ष्य भनेकै दक्ष शिक्षक छनौट गर्ने हो ।’ उनले भने, ‘यसकालागि हामीले पाठ्यक्रम तयार गरिसकेको छौं, प्रारम्भिक परीक्षाको पाठ्यक्रम सार्वजनिक गरिसकेका छौं भने विषयगत परीक्षाको पाठ्यक्रम पनि अन्तिम अवस्थामा पुर्याएका छौं ।’

प्रकाशित मिति : २०७६ फाल्गुन २ गते शुक्रवार