शिक्षक विज्ञापनको प्रक्रिया अघि बढ्यो , रिक्त दरबन्दी विवरण संकलन गर्दै केन्द्र !



ललितपुर | शिक्षा तथा मानव स्रोत विकास केन्द्रले रिक्त दरबन्दी विवरण संकलन थालेकाे छ । केन्द्रले सबै शिक्षा विकास तथा समन्वय इकाईलाई रिक्त दरबन्दी विवरण पेश गर्न अनुरोध गरेको छ । केन्द्रले आजको गाेरखापत्र दैनिकमा एक सूचना सार्वजनिक गर्दै यस्तो निर्देशन दिएको हाे । यससँगै अब रिक्त दरबन्दी विवरण संकलन गरेर शिक्षक विज्ञापनको प्रक्रिया अगाडि बढ्नेछ ।

यस्तो छ केन्द्रकाे सूचना

प्रकाशित मिति : २०७६ फाल्गुन १ गते बिहिवार