
हेटौंडा । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त भएका रामेश्वर फुँयालको मन्त्री बन्ने सपना पूरा हुनेमा आशंका उब्जिएको छ । आज दिउँसो ४ बजे फुँयाललाई मन्त्रीको सपथ ग्रहण गराउने पूर्वनिर्धारित कार्यक्रम स्थगित भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुख्यमन्त्री डोरमणि पौडेललाई फोन गरेपछि आज हुने भनिएको फुँयालको सपथ ग्रहण एकाएक रोकिएको जानकारी प्राप्त भएको छ । मुख्यमन्त्रीकाे सचिवालय स्रोतलेदिएको जानकारी अनुसार आज हुने भनिएको सपथ ग्रहण कार्यक्रम स्थगित भएको छ ।
प्रकाशित मिति : २०७६ माघ २९ गते बुधवार