राहत शिक्षक र अस्थायी शिक्षक फरक रहेको भन्दै केन्द्रले जारि गर्याे यस्तो सूचना !



राहत शिक्षकलाई अस्थायी शिक्षककाे रुपमा नलिन शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सबै इकाईलाई पत्राचार गरेको छ । शिक्षक दरबन्दी मिलानकाे क्रममा राहत शिक्षक अस्थायी शिक्षकको नभएको र साेही अनुसार निर्णय गर्न सबै इकाईलाई केन्द्रले पत्राचार गरेकाे हाे ।

शिक्षा ऐन (संशोधन सहित) २०२८ को दफा ११ (च) को उपदफ (१) को खण्ड (ख) को प्रतिबन्धात्मक वाक्यांशमा उल्लिखित अस्थायी शिक्षक भन्नाले राहात शिक्षकलाई नबुझाउने राहात कोटामा कार्यरत शिक्षकको हकमा सो ऐनको ११ चको उपदफ (१०) आकर्षित नहुने भएकाले केन्द्रले इकाइलाई सो निर्णय कार्यान्वयन गराउन पत्राचार गरेको हो । मन्त्री परिषद्को निर्णय अनुसार सबै जिल्लालाई सो निर्णय कार्यान्वयनका लागि अनुरोध सहितको पत्राचार गरिएको केन्द्रका शाखा अधिकृत रामचन्द्र शर्माद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।

प्रकाशित मिति : २०७६ माघ २८ गते मङ्गलवार