
काठमाडौं | जनता समाजवादी पार्टीको विवाद अन्ततः टुङ्गो लागेको छ । तीन अध्यक्ष सहित पाँच पदाधिकारी रहने गरि दल दर्ता गर्न तत्काललाई विवाद टुंगिएको हाे । महन्थ ठाकुर, बाबुराम भट्टराई र उपेन्द्र यादव अध्यक्ष रहने र वरिष्ठ नेतामा राजेन्द्र महताे र अशोक राई रहने गरि विवाद मिलेको हाे । विवाद मिलेसँगै दल दर्ताका लागि निर्वाचन आयो जाने तयारीमा नेताहरू जुटेका छन । दल दर्ताको लागि सम्झाैता भएको शनिबार ४५ दिन पुगे पनि कार्यालय बन्द रहने भएकाले आज आइतबारसम्म म्याद रहेको थियो ।
प्रकाशित मिति : २०७७ जेष्ठ २५ गते आइतवार