एकैपटक २५ वटा विद्यालयमा पढाएर १ करोड तलब लिने यी शिक्षिका



उत्तर प्रदेशको प्राथमिक शिक्षा विभागमा कथित रुपमा २५ वटा विद्यालयमा एकैसाथ पढाउने शिक्षिका अनामिका शुक्लालाई कासगंज इलाकाबाट शनिबार पक्राउ गरिएको छ । अनामिका शुक्लालाई प्राथमिक शिक्षा विभागले नोटिस पठाएका थिए तर नोटिसको जवाफ दिनुको साटो उनी राजीनामा दिन पुगेकी थिइन् जहाँबाट उनलाई नाटकीय ढङ्गमा पक्राउ गरिएको थियो ।प्रहरीका अनुसार प्राथमिक शिक्षा अधिकारीको तर्फबाट मुद्दा दर्ता गरेर शिक्षिका अनामिका शुक्लालाई पक्राउ गरिएको हो । उनीसँग सोधपुछ चलिरहेको छ ।

कासगंजकी प्राथमिक शिक्षा अधिकारी अञ्जली अग्रवालले बीबीसीलाई भनिन्, ‘यसबारे जानकारी आएपछि हामीले अनामिका शुक्ला नामकी यी शिक्षिकालाई नोटिस पठाएका थियौं । शनिबार उनले एक व्यक्तिमार्फत् आफ्नो राजीनामा पठाइन् । सोधपुछ गर्दा थाहा भयो कि उनी आफैंपनि हाम्रो कार्यालय बाहिर आएकी छिन् । यसबारे हामीले प्रहरीललाई सोधपुछ गर्यौं र प्रहरीले उनलाई पक्राउ गरेको हो ।’

गिरफ्तार भएपछि शिक्षिकाले त्यहाँ उपस्थित पत्रकारसँग आफ्नो नाम अनामिका सिंह बताइन् र पछि प्रहरीलाई भने अर्कै नाम बताइन् । अनामिका शुक्लाले धोकापूर्ण तरिकाले यत्तिका विद्यालयमा एकैपटक काम गरेर एक वर्षमा एक करोड बढी तलब लिएको आरोप छ । पक्राउ परेकी अनामिका शुक्ला कासगंज जिल्लाको कस्तूरबा विद्यालय फरिदपुरमा विज्ञानकी शिक्षिकाको रुपमा करिब डेढ वर्ष कार्यरत छिन् । शुक्रबार प्राथमिक शिक्षा अधिकारी अञ्जली अग्रवालले उनको तलबमा रोक लगाउँदै नोटिस जारी गरेकी थिइन् । कस्तुरबा विद्यालयमा शिक्षकको नियुक्ति सम्झौताको आधारमा हुन्छ र हरेक महिना उनीहरुले ३० हजार भारु तलब पाउँछन् । उनको यस्तो व्यवहार त्यतिबेला सार्वजनिक भयो जब प्राथमिक शिक्षा विभागले शिक्षकको डेटाबेस तयार गर्न सुरु गरे । यतिबो विभागले अनामिका शुक्लाको नाम २५ वटा विद्यालयको सूचीमा पाए ।

स्रोतः बीबीसी

प्रकाशित मिति : २०७७ जेष्ठ २५ गते आइतवार