
नेकपा (माले) निकट वर्गीय जनसंगठन माेर्चाले जेठ २७ गते काठमाडौंमा एमसीसी खारेजीको माग गर्दै विरोध प्रदर्शन गर्ने भएका छन । जेठ २७ गते दिउँसो १ बजे माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्ने तयारी गरिएको नेकपा माले निकट प्रगतिशील नेपाल स्वतन्त्र ट्रेड युनियन महासंघका अध्यक्ष केदार गिरीले बागमती अनलाइनलाई जानकारी दिए । एमसीसी राष्ट्रघाती भएको भन्दै सम्पूर्ण देशभक्त नागरिक र मजदुर वर्गलाई कार्यक्रममा सहभागी हुन गिरीले अपिल गरे ।
यसपटकको बजेटमै एमसीसीका केहि बुँदा घुसेपछि सरकारमा सम्मिलित दलकै नेताहरूले विराेध जनाएका छन । इण्डाेप्यासिफिक रणनीति अनुरुप एमसीसी आएको भन्दै नेकपा (माले)ले यसअघि पटकपटक विरोधका कार्यक्रम गरिसकेको छ । पछिल्लो समय एमसीसीकाे विरोधमा काठमाडौंमा प्रदर्शन बढ्दै गएको छ ।
प्रकाशित मिति : २०७७ जेष्ठ २५ गते आइतवार