
काठमाडौं– कोरोना भाइरसको चपेटामा रहेको चीनको युहानमा रहेका नेपालीलाई फागुन ३ गते स्वदेश फर्काइने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले फागुन ३ गते शनिबार चीनको कोरोना संक्रमित क्षेत्रमा रहेका नेपालीलाई स्वदेश फकाईने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए । चीनबाट नेपाल ल्याइने विद्यार्थीलाई भक्तपुरको खरिपाटीमा राखिने छ । चीनबाट नेपाल ल्याइने नेपालीलाई राख्नका लागि १ सय ९९ वटा ‘क्वारेन्टाइन’ कोठाहरु तयारी अवस्थामा राखिएको छ ।
प्रकाशित मिति : २०७६ माघ २८ गते मङ्गलवार