भोलिदेखि देशभरका मालपोत कार्यालय खुल्ने



काठमाडौं, २४ जेठ । सरकारले कोरोना भाइरस रोकथामको लागि लगाइएको लकडाउनको समयभित्र नै देशभरका भूमिसुधार र मालपोत कार्यालय खुल्ने भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले एक विज्ञप्ति निकालेर देशभरका भूमिसुधार र मालपोत कार्यालय भोलि आइतबारदेखि खोल्ने जनाएको छ । विज्ञप्तिमा विभागका कर्माचारीहरुले स्वास्थ्य सुरक्षा सतर्कता अपनाई आन्तरिक प्रशासन व्यवस्थापन तथा अन्य अत्यावश्यक सेवा सञ्चालन गर्न लगेको उल्लेख छ ।

प्रकाशित मिति : २०७७ जेष्ठ २४ गते शनिवार