प्रहरी महानिरीक्षकमा ठाकुर ज्ञवाली नियुक्त !



काठमाडौं । सरकारले ठाकुर ज्ञवालीलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको छ । मंगलबार अपरान्ह बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई आईजीपीमा नियुक्त गरेको हो । हाल प्रहरी नायब महानिरीक्षकका रुपमा उनी प्रदेश नं. १ प्रहरी प्रमुखका रुपमा कार्यरत थिए ।

प्रकाशित मिति : २०७६ माघ २८ गते मङ्गलवार